काठमाडौं : टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ आयोजना गर्न लागेको छ । यही जेठ ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा मेला आयोजना हुने भएको हो । यो विशेष अवसरमा ग्राहकहरूले विभिन्न आकर्षक अफरमा आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभीएस सवारी घर लैजान सक्ने कम्पनीले जनाएको छ ।
मेला सुरु हुनु अगावै, जेठ ६ गतेसम्म नयाँ टिभीएस सवारीको प्रि–बुकिङ गर्ने ग्राहकले ५, हजार बराबरको उपहार प्राप्त गर्ने छन् । यो सीमित अवधिको अफरले इच्छुक ग्राहकलाई अझ लाभदायक बनाउने कम्पनीको विश्वास छ । मेला अवधिभर ग्राहकले पुरानो सवारीको न्यूनतम मूल्यांकन तीस हजारसम्मको सुनिश्चित प्राप्त गर्ने छन् ।
कम्पनीकाअनुसार ५० भन्दा बढी रीकन्डिसन हाउसहरूको सहभागितासहित, मेलामा सबैभन्दा उच्च मूल्यांकनको विश्वस्तता दिइनेछ । त्यसका साथै, ग्राहकहरूले ८,००० सम्मको नगद छुट, दश हजार रूपैयाँसम्मको थप मूल्यांकन पाउनेछन् र शून्य प्रतिशत ब्याजदरमा सवारी किन्ने सुविधा पनि उपलब्ध हुनेछ । नयाँ सवारी खरिद गर्ने प्रत्येक ग्राहकले हेल्मेट, झोला, बाइक कभर र रेनकोट निःशुल्क उपहारस्वरूप प्राप्त गर्ने कम्पनीले जनाएको छ ।