काठमाडौं : पाँच दर्जन बढी फुटकर गीत गाएर सानै उमेरमा आफ्नो पृथक परिचय बनाउन सफल गायिका दर्शना महर्जनले आफ्नै स्वर र संगीतमा मन छुने मर्मश्पस्र्धी गीत ‘ए साथी...’ बोलको लिरिकल भिडियो युट्युव च्यानल मार्फत सार्वजनिक गरेकी छन् । यसमा ज्योति क्षेत्रीको शब्द, संजय खड्गीको एरेञ्जर रहेको छ ।
केही समय पहिले गायिका दर्शना महर्जनले नेपाल भाषाको गीत सार्वजनिक गरेकी थिइन् । पप आधुनिक सबै खाले भाकाको गीत गाउँदै आईरहेकी भएपनि ‘चुलि जाल न्हां...’ दर्शनाको पहिलो नेपाल भाषाको गीत हो । जनकवि दुर्गालाल श्रेष्ठको शब्द, मनराजा नकर्मीको संगीत, नरेन्द्र महर्जनको प्रस्तुती रहेको भिडियो गायिकाको आफ्नै अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies