२०८२ जेठ ७ गते बुधवार / May 21 , 2025 , Wednesday
२०८२ जेठ ७ गते बुधवार
Ads

हेल्थी च्वाइसमा एससीटी कार्डमार्फत् भुक्तानीमा छुट

मध्यान्ह
२०८२ जेठ ६ गते २१:२९
हेल्थी च्वाइसमा एससीटी कार्डमार्फत् भुक्तानीमा छुट

काठमाडौं : एस्थेटिक अस्पताल हेल्थी च्वाइस एस्थेटिक अस्पतालको सेवामा एससीटी–युपीआई कार्डमार्फत् भुक्तानी गर्दा सेवाग्राहीलाई थप पाँच प्रतिशत छुट हुने भएको छ । भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र एस्थेटिक अस्पताल हेल्थी च्वाइस एस्थेटिक अस्पतालबीच भएको समझदारीअनुसार सेवाग्राहीले सो छुट सुविधा पाउने भएका हुन् ।

एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि आफ्नो एससीटी–युपिआइ कार्डमार्फत् भुक्तानी गर्नुपर्छ । ग्राहकहरूले पीओएसमार्फत् भुक्तानी गर्दा ब्लड टेस्ट, छाला, कपाल र दन्त प्रक्रियाहरूमा हुने सम्पूर्ण अफरहरूमा थप ५ प्रतिशत छुट पाउने जनाइएके छ ।

त्यस्तै, ओपीडी परामर्श, ईमप्लान्ट, प्लास्टिक सर्जरी, कस्मेटिक गाइनोकोलोजी, सर्जिकल प्याकेज, कपाल प्रत्यारोपण, मीफ्युर्फ, एमएनआरएफ, सोर्पानो हेयर रिमुभल प्याकेज र आउटसोर्स सर्भिसेस र उपकरण शुल्कमा हुने सम्पूर्ण अफरहरूमा थप २.५ प्रतिशत छुट हुने जनाइएको छ ।

ADV

सम्बन्धित खबर