२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

उजुरी फरफारक भएमात्रै म्यानपावरको इजाजतपत्र नवीकरण गर्न निर्देशन

ADV
२०८१ असार २५ गते ०७:००
उजुरी फरफारक भएमात्रै म्यानपावरको इजाजतपत्र नवीकरण गर्न निर्देशन

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले उजुरी फरफारकपछि मात्रै म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण गर्न निर्देशन दिएका छन् । सोमबार बिहान वैदेशिक रोजगार विभागमा पुगेका मन्त्री अर्यालले कार्यालय निरीक्षणपछि उक्त निर्देशन दिएका हुन् । 

त्यस अवसरमा विभागका महानिर्देशक डण्डुराज घिमिरेले विभागले चालु आर्थिक वर्षमा दर्ता भएका ७ हजार ६ सय ४३ मध्ये ३ हजार ७ सय ६६ उजुरीको फरफारक गरी पीडित कामदारहरूलाई ३१ करोड ७३ लाख ८० हजार ८ सय ६० रूपैयाँ क्षतिपूर्ति प्रदान गरिएकोे जानकारी दिएका थिए । मन्त्री अर्यालले उजुरी फरफारकको क्रमलाई तीव्रता दिन म्यानपावर नवीकरणमा पनि उजुरी फरफारकको विषय जाडेका हुन् ।

ADVADV

सम्बन्धित खबर

Advertise