सुशीला रेग्मी/मध्यान्ह
रामपुर (पाल्पा) : पाल्पाको रम्भा गाउँपालिका ३ पिपलडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
कालीगण्डकी करिडोरको जिरो कि.मी.बाट रम्भा गाउँपालिका ३ पिपलडाँडातर्फ ढुंगा लिएर जाँदै गरेको लु ३ त ६८९९ नम्बरको ट्याक्टर बुधबार साँभm करिब साढे ६ बजे दुर्घटना भएको हो । दुर्घटनामा बगनासकाली गाउँपालिका ६ बस्ने २२ वर्षीय जीवन न्यौपानेको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।
घाइते हुनेमा रम्भा गाउँपालिका वडा नं ३ का ४० वर्षीय हरी बस्याललाई थप उपचारको लागि बुधबार नै लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
ट्याक्टर सडकबाट करिव एक सय मिटर तल खसेको छ । ट्याक्टरका चालक भने फरार रहेका छन् । प्रहरीले ट्याक्टर चालकको खोजी कार्य र घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies