२०८२ जेठ २३ गते शुक्रवार / Jun 06 , 2025 , Friday
२०८२ जेठ २३ गते शुक्रवार
Ads

अमेरिकाद्वारा भिजिट भिसामा कडाइ

निमिष झा
२०८२ जेठ २२ गते ०६:३०
अमेरिकाद्वारा भिजिट भिसामा कडाइ

काठमाडौं : भिजिट भिसामा विदेश जानेबाट लाखौँ रूपैयाँ असुल्ने गरिएको तथ्य सार्वजनिक भएसँगै अमेरिकाले नेपाली नागरिकलाई भिसा दिने प्रक्रियामा कडाइ गरेको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार एक सूचना जारी गरी कडाइका साथ सुरक्षा जाँचबिना भिसा दिन नसकिने बताएको छ । राष्ट्रिय सुरक्षामा सम्भावित खतरा पु¥याउन सक्ने व्यक्तिलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाइने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ । 

पछिल्लो समय नेपालमा सरकारी अधिकारीहरूकै संलग्नतामा ठूलो रकम लिएर भिजिट भिसामा नागरिक पठाइरहेको विषय सतहमा आएसँगै अमेरिकाले कडाइको नीति अवलम्बन गरेको हो ।

यस विषयमा गृहमन्त्री रमेश लेखकको नाम समेत मुछिएको अवस्थामा अमेरिकाले नेपालबाट जानेहरूका लागि भिसा दिन झन् कडाइ गरेको हो ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराई सहितको मिलेमतोमा भिजिट भिसामा जानेबाट दैनिक ५० लाखभन्दा बढी रुपैयाँ उठाउने गरेको प्रकरणमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकका सचिवालयकै सदस्यहरूसमेत लेनदेनमा मुछिएको जानकारी सार्वजनिक भइरहँदा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले दुवै बचाउमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले लेखकको बचाउ गरिरहँदा संसद्समेत अवरोधको अवस्थामा छ । यस्तो परिस्थितिमा काठमाडौंस्थित अमेरिकी दूतावासले नेपालीलाई नागरिकलाई भिसा दिन कडाइ गरेको हो । 

कालोसूचीको खतरा

नेपालमा भिजिट भिसाको प्रकरणमा अमेरिकाले घटनालाई गम्भीर रूपमा लिएको छ । भिजिट भिसाको नाममा भएको मानव तस्करीको घटनालाई लिएर गृह मन्त्रालय नै अमेरिकाको कालोसूचीमा पर्न सक्ने खतरा पनि बढेको छ । राज्यकै मिलेमतोमा मानव तस्करी भएको र अध्यागमनमा हुने ‘सेटिङ’ले आतंकवादीलाई प्रश्रय दिन सक्ने जनाउँदै अमेरिकाको चासो बढेको छ र यसकारण गृहमन्त्रालय नै कालोसूचीको खतरामा पर्न सक्ने सम्भावना बढेको छ ।

प्रहरीले विमानस्थलका निवर्तमान अध्यागमन प्रमुख सहसचिव भट्टराई पक्राउ गरेको २४ घण्टा नबित्दै अमेरिकाले उनको भिसा रद्द गरेको थियो । यस विषयमा निष्पक्ष अनुसन्धान नभएर गृह मन्त्रालयलाई नै कालोसूचीमा राख्नृ अमेरिकाले संकेत गरेको छ ।

अमेरिकाले यसअघि प्रहरीका विभिन्न कार्यालयलाई पनि मानव अधिकारसम्बन्धि विषयमा कालोसूचीमा राखी ती कार्यालयका कार्यरत कर्मचारीलाई भिसा रद्द गरेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर