२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

मलेसियामा मृत्यु भएका विकको परिवारलाई विज्ञान एचआरको आर्थिक सहयोग 

ADV
मध्यान्ह
२०८१ असार २६ गते १५:४५
मलेसियामा मृत्यु भएका विकको परिवारलाई विज्ञान एचआरको आर्थिक सहयोग 

काठमाडौं : मलेसियामा मृत्यु भएका चितवनका सागर विश्वकर्माको परिवारलाई विज्ञान एचआर म्यानेजमेन्ट प्रा.लि.ले आर्थिक सहयोग गरेको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएका विश्वकर्माको परिवारलाई प्रा.लि.ले ३० हजार रुपैयाँ सहयोग गरेको हो । 

विश्वकर्माको परिवारले कानूनअनुसार पाउने क्षतिपूर्ति पाइसकेको छ । आफ्नो कम्पनीले पठाएको कामदारको परिवारलाई दु:खमा सहयोग गरिएको एचआर म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक सुकबहादुर तामाङले मध्यान्हलाई बताए ।

२०२३ मा मलेसिया पुगेका विश्वकर्माले १६ मे २०२४ मा आत्महत्या गरेका थिए । आर्थिक अवस्था कमजोर भएका मृतक विश्वकर्माको परिवारमा श्रीमती र दुई वर्षीया छोरा छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise