२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मधेश प्रदेशमा ४४ प्रतिशतभन्दा बढी बजेट फ्रिज

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ असार २७ गते १२:३७
मधेश प्रदेशमा ४४ प्रतिशतभन्दा बढी बजेट फ्रिज

रौतहट : मधेश प्रदेशमा चालु आर्थिक वर्षमा ५५.७५ प्रतिशत बजेट खर्च भइ ४४.२५ प्रतिशत बजेट फ्रिज भएको छ । चालु आर्थिक वर्षका लागि मधेश प्रदेश सरकारले ल्याएको ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँको बजेटमध्ये २४ अर्ब ५९ करोड ४५ लाख मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रणक कार्यालयले जनाएको छ । 

चालु आर्थिक वर्षमा चालु र पुँजीगत दुवैतर्फ सरकारले खर्च गर्न नसकेको देखिएको छ । चालु आवका लागि चालुतर्फ १८ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ विनियोजन भएकोमा ९ अर्ब २९ करोड ७० लाख रुपैयाँ मात्र खर्च भएको छ । यसैगरी पुँजीगततर्फ विनियोजन गरिएको २५ अर्ब ५७ करोड ५७ लाख रुपैयाँमध्ये सरकारले १५ अर्ब २९ करोड ७५ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको छ । 

मधेश प्रदेश सरकारको खर्च प्रणाली निकै कमजोर रहेको बजेट फ्रिज भएको अवस्थाले देखाएको टिप्पणी भइरहेको छ । गत वर्ष पनि मधेश सरकारको ४२.५८ प्रतिशत बजेट फ्रिज भएको थियो । यसैगरी आर्थिक वर्ष २०७८/७९ मा आधा जति बजेट फ्रिज भएको थियो ।

उपभोक्ता समितिमार्फत ढलान र निर्माणमा बढी बजेट खर्च गर्ने गरेको आरोप मधेश प्रदेश सरकारमाथि लाग्ने गरेको छ । चालु आर्थिक वर्षमा सरकार परिवर्तन तथा राजनीतिक अस्थिरताले बजेट फ्रिज बढी हुन पुगेको जनप्रतिनिधिहरुको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise