२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

गरुडा नगरपालिकाद्वारा कृषकको १० लाख विद्युत् महसुल भुक्तानी

Nada
सत्येन्द्र प्रताप सिंह
२०८२ असार २ गते २१:०८
Shares
गरुडा नगरपालिकाद्वारा कृषकको १० लाख विद्युत् महसुल भुक्तानी

रौतहट : गरुडा नगरपालिकाले कृषक हितमा एक महत्वपूर्ण कदम चालेको छ । वडा नं. १ देखि ९ सम्मका कृषकहरूले प्रयोग गर्दै आएका कृषि सिँचाइ मिटरहरूको विद्युत् महसुल स्वरूप विद्युत प्राधिकरणलाई १० लाख ३२ हजार ४७९ तिरिदिएको हो । 

ncell

उक्त भुक्तानी आर्थिक वर्ष २०८१/८२ मा बजेटमार्फत सार्वजनिक गरिएका प्रतिबद्धता अनुसार गरिएको हो । यस अन्तर्गत कृषकहरूले पहिलेका वर्षहरूमा बक्यौता रहन पुगेका मिटर महसुल समेत समेटिएको छ । 

नगर प्रमुख कन्थमणि प्रसाद जयसवालले भने, ‘हामी कृषि तथा सिँचाइ क्षेत्रलाई उत्पादनमुखी र दिगो बनाउने दीर्घकालीन लक्ष्यसहित काम गरिरहेका छौं। कृषकहरूको हक–अधिकार सुनिश्चित गर्दै, सेवा प्रवाहमा पारदर्शिता कायम राख्नु हाम्रो सर्वोच्च प्राथमिकता हो ।’

गरुडा नगरपालिकाले विगतमा पनि कृषकमैत्री नीतिहरू ल्याउँदै सिँचाइ नहर निर्माण, सिँचाइ उपकरण वितरणजस्ता कार्यक्रमहरू अघि सारेको छ । आगामी दिनहरूमा पनि कृषक हितका आवश्यक पहलहरू अझ तीव्र गतिमा अघि बढाइने नगरपालिकाले स्पष्ट पारेको छ । 

सम्बन्धित खबर