२०८३ मंसिर १० गते बिहिवार / Nov 26 , 2026 , Thursday
२०८३ मंसिर १० गते बिहिवार

कांग्रेस केन्द्रीय समिति बैठकमा एजेण्डामाथि सदस्यहरूले धारणा राख्ने क्रम सकिएन, शुक्रवार फेरि बस्ने

Nada
२०८३ मंसिर १० गते १९:०७
Shares
कांग्रेस केन्द्रीय समिति बैठकमा एजेण्डामाथि सदस्यहरूले धारणा राख्ने क्रम सकिएन, शुक्रवार फेरि बस्ने

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय समिति सदस्यहरू धारणा राख्ने क्रम जारी छ ।  मंगलवारदेखि जारी बैठकमा एजेण्डामाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम बिहीवार पनि जारी रहेको पार्टीका केन्द्रीय सदस्य सुशील भट्टले बताए । 

उनका अनुसार बैठकमा पार्टीले यही मंसिर १५ गतेदेखि सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ’ अभियानको तयारी, सुकुम्वासी व्यवस्थापन तथा रसुवाको भोटेकोशी बाढीको विषयमा केन्द्रित रहेर केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् । उनले पार्टीको १५ महाधिवेशनबाट पारित दस्ताबेज अनुसार समाजका मुद्दालाई कसरी पार्टीको एजेण्डा बनाउने भन्ने विषयमा समेत नेताहरू ले धारणा व्यक्त गरिरहेको बताए ।

उनले बैठक शुक्रवार पनि निरन्तर चल्ने जानकारी दिए । शुक्रवार बैठकले पार्टीको अगामी कार्यदिशा, मुलुकको वर्तमान राजनीतिक अवस्था र सरकारका कामकारबाहीबारे उचित निर्णय लिने समेत बताए ।

उनले भने, ‘हामीले चार पाँच वटा एजेण्डामा त बैठकको पहिलो दिनदेखि नै छलफल गर्दै आइरहेका छौँ । एउटा, नेपाली कांग्रेसले यही मंसिरको १५ गतेदेखि सञ्चालन गर्न लागिरहेको हामी तयार छौँ अभियानको बारेमा, अर्को सुकुम्वासी व्यवस्थापन तथा रसुवाको भोटेकोशी बाढीको सवाल लगायतका विषयवस्तुमा नेताहरू धारणा राखिरहनुभएको छ । अनि नेपाली समाजको विषयलाई कसरी नेपाली कांग्रेसको विषय बनाउन सकिन्छ ? भनेर विभिन्न भूगोलबाट आउनुभएका केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा व्यक्त गरिरहनुभएको छ । यो बैठक भोलि पनि निरन्तर चल्नेछ । हामीले महाधिवेशनमा समाजको आवाज काँग्रेसको आवाज बनाउने भनेर जुन कुरा गरेका थियौँ । सोहीअनुसार एउटा निष्कर्ष निकाल्ने तर्फ छलफल भइरहेको छ ।’

उनले सानेपास्थित पार्टी कार्यालय नै पार्टीभित्रका विवादमाथि छलफल गर्न पर्याप्त ठाउँ रहेको भन्दै कांग्रेस फुट्नुभन्दा जुट्न आवश्यक रहेको समेत बताएका छन् । 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर