२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

ईशनाथ नगरपालिकामा ४९ करोडको बजेट पारित

Nada
सत्येन्द्र प्रताप सिंह
२०८२ असार ७ गते २२:०९
Shares
ईशनाथ नगरपालिकामा ४९ करोडको बजेट पारित

रौतहट : ईशनाथ नगरपालिकाको ११औं नगरसभा शनिबार सम्पन्न भएको छ । नगर प्रमुख कौशल्या देवीको अध्यक्षतामा सम्पन्न सभामा नगरसभा सदस्यहरू, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

ncell

सभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४९ करोड ६४ लाख ५२ हजार ४५७ रुपैयाँको बजेट प्रस्तुत गरिनुका साथै नगरसभाबाट सर्वसम्मत रूपमा पारित गरिएको हो । 

नगरपालिकाले आगामी वर्षमा शिक्षा, स्वास्थ्य, रोजगार, कृषि तथा महिला तथा बाल विकास जस्ता क्षेत्रहरूमा विशेष प्राथमिकता दिँदै योजना अघि बढाउने प्रतिबद्धता जनाए । 

राजस्व बाँडफाँटबाट प्राप्त रकम संघ र प्रदेशको रकमका साथै संघीय सरकारबाट समानीकरण अनुदान, सशर्त अनुदान चालू पुँजीगत, विशेष अनुदान पुँजीगत र समपूरक अनुदान पुँजीगत, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी उक्त बजेट प्रस्तुत गरिएको उनले बताए ।

नगरसभामा प्रमुख अतिथि पूर्वसचिव राम स्वरूप सिन्हा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द किशोर गुप्ता, उपप्रमुख मो. प्रवेज आलम तथा सबै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, सबै नगरसभा सदस्यहरू, कर्मचारी, संचारकर्मी, प्रहरी लगायतको सहभागितामा नगर अधिवेशन सम्पन्न भएको लेखा अधिकृत मनोज ठाकुरले बताए ।
 

सम्बन्धित खबर