२०८२ असार १३ गते शुक्रवार / Jun 27 , 2025 , Friday
२०८२ असार १३ गते शुक्रवार
Ads

सिन्धुलीका ९ पालिकाको बजेट ७ अर्ब

shivam cement
नविन श्रेष्ठ
२०८२ असार १२ गते २०:४८
सिन्धुलीका ९ पालिकाको बजेट ७ अर्ब

सिन्धुली : सिन्धुलीका सबै स्थानीय तहले बजेट पारित गरेका छन् । ९ ओटा स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेर पारित गराएका हुन् । आर्थिक वर्ष २०८२/०८३ को लागि ९ वटा स्थानीय तहको बजेट ६ अर्व ९५ करोड २४ लाख ९७ हजार १ सय ९ रुपैयाँ रहेको छ । 

सबै भन्दा धेरै बजेट कमलामाई नगरपालिकाले १ अर्ब २९ करोड ५९ लाख ४० हजार १ सय ६० रुपैयाँ ल्याएको छ भने दुधौली नगरपालिकाकाले १ अर्ब १४ करोड २३ लाख ९७ हजार बजेट ल्याएको छ । 

तीनपाटन गाउँपालिकाको ८५ करोड ३३ लाख ११ हजार १ सय ६१ रुपैयाँ बजेट रहेको छ भने मरिण गाउँपालिकाको बजेट ७६ करोड १३ लाख ७८ हजार ८ सय, सुनकोशी गाउँपालिकाको बजेट ६६ करोड ५० लाख ६० हजार ९ सय ४७ रुपैयाँ रहेको छ ।

गोलन्जोर गाउँपालिकको बजेट ६२ हजार ५२ लाख २ हजार ३ सय १० रुपैयाँ, हरिहरपुरगढी गाउँपालिकाको बजेट ६१ करोड १३ लाख ५५ हजार ९ सय ३७ रुपैयाँ, फिक्कल गाउँपालिकको बजेट ५५ करोड ५२ लाख र घ्याङलेख गाउँपालिकाको बजेट ४४ करोड २६ लाख ५० हजार ७ सय ९४ रुपैयाँ रहेको छ । 

स्थानीय तहले भौतिक संरचनाको विकास, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई प्राथमिकता दिएका छन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise