२०८२ असार २० गते शुक्रवार / Jul 04 , 2025 , Friday
२०८२ असार २० गते शुक्रवार
Ads

‘नाडा अटो शो २०२५’ को स्टल बाँडफाँड, ७५ बढी स्टल रहने

shivam cement
मध्यान्ह
२०८२ असार १९ गते २१:२९
‘नाडा अटो शो २०२५’ को स्टल बाँडफाँड, ७५ बढी स्टल रहने

काठमाडौं : १७ औं संस्करणको ‘नाडा अटो शो २०२५’को स्टल बाँडफाँट भएको छ । आगामी भदौ ३ देखि ८ गतेसम्म भृकृटीमण्डपमा आयोजना हुने ‘नाडा अटो शो २०२५’को स्टलको तयारी सकिएको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले जनाएको छ । अटो शोमा चार पाँग्रे सावारी साधन ब्राण्डमा  दीपल, अवतार, डोङफेङ, नामी, सेरेस, टाटा, सुजुकी, टेस्ला, एवोन, एक्सपेङ, रिडारा, स्काइवेल, बीवाइडी, फोटोन, बीएडब्लू, जेवाइ एयर, एलएस अटो, ब्लभल, जिनपेङलगायत प्रदर्शनी रहने छ । 

यस्तै दुई पाङ्ग्रे ब्राण्डमा हिरो, रोयल इनफिल्ड, जोनसन र यामाहा सहभागी हुने भएका छन् । लाइट कमर्शियल भेहिकलमा न्यू गोन्वो, डीएफएसके, डोङफेङ, कामा, फोटोन, सोकोन, सीजी केवासीरकिङलङ, मोन्त्रा, स्काइवर्थ, कावेइरनाभेको, सनलङ ब्रान्डको सहभागी हुनेछ । अटोशोमा ७५ बढी स्टल रहने नाडाले जनाएको छ । जसमा १८ वटा चार पाङ्ग्रे, ४ वटा दुई पाङ्गे्र र १३ वटा लाइट कमर्शियल सवारी ब्राण्डको स्टल रहने नाडाले जनाएको छ । त्यस्तै, अटो शोमा लुब्रिकेन्ट, टायर, स्पेयर पार्टसलगायतको ४० वटा स्टल रहने छन् ।

ADV

सम्बन्धित खबर

Advertise