२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

बिना दोषको सजाय भोग्दै प्रदेश 

ADV
दिवाकर अधिकारी
२०८१ असार ३० गते ०७:०५
बिना दोषको सजाय भोग्दै प्रदेश 

काठमाडौं : नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा माग गरेका छन् । प्रदेशमा कुनै समीकरण फेरिने वा सोडारीको अयोग्यताका कारण राजीनामा मागिएको होइन । संघीय सरकारमा सत्ता समीकरण फेरिएसँगै नयाँ गठबन्धनमा आबद्ध भएका राजनीतिक दलहरुले सोडारीको राजीनामा मागेका हुन् ।

सोडारी गत वैशाख ६ गते मुख्यमन्त्री भएका थिए । सोडारी अगाडि सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाह थिए । संघमा कांग्रेस र माओवादीको समीकरणमा मुख्यमन्त्री भएका शाह एमाले र माओवादीको समीकरण भएपछि मुख्यमन्त्रीमा अल्पमतमा परेका थिए । अहिले संघमा कांग्रेस र एमालेको समीकरण फेरिएको छ । यो सँगै सोडारी तीन महिना नपुग्दै नेतृत्वबाट हट्नुपर्ने अवस्था बनेको हो । यस्तो नियत्ति प्रदेशले बारम्बार भोग्दै आएको छ ।

मुलुक संघीय शासन प्रणालीमा छ, तर राजनीतिक दलहरु एकात्मक मानसिकतामा रहँदा केन्द्रमा फेरिने सत्ता समीकरणले प्रदेश सरकार अस्थिर हुँदै आएका छन् । यसले संघीयताको आभास नै गराउन नसकेको सरोकारवालाहरू बताउँछन् ।

एमाले र कांग्रेस बीचमा दुई पार्टीले नेतृत्व गरेको प्रदेशमा मुख्यमन्त्री नफेर्ने सहमति बनेको छ । यसअनुसार कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वमा निरन्तर रहनेछन् । तर समीकरणमा रहने दलहरु फेरिएसँगै मन्त्रिपरिषद पुर्नगठन हुनेछ । 

मधेश प्रदेशमा जनमत पार्टीका सतिश सिंह मुख्यमन्त्री छन् । २५ जेठ २०८१ मा मुख्यमन्त्री नियुक्त भएका सिंहले यही असार २२ गते उनले कांंग्रेस र एमाले सहितका दलको समर्थनमा विश्वासको मत पाए । उनी नेतृत्वमा सरकार निरन्तर अगाडि जान्छ । 

बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अल्पमतमा परेका छन् । जम्कट्टेलले विश्वासको मत लिने तयारी गरेका छन् । तर, उनले विश्वासको मत पाउने अवस्था छैन् । गण्डकी प्रदेशमा कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् । उनी नेतृत्वको सरकार यो प्रदेशमा निरन्तर अगाडि जान्छ ।

लुम्बिनी प्रदेश सरकार भने फेरिन्छ । हाल माओवादी केन्द्रका जोखबहादुर महरा मुख्यमन्त्री छन् । संघमा सत्ता समीकरण फेरिएसँगै लुम्बिनी प्रदेशमा एमालेले विश्वासको मत फिर्ता लिएको छ । यो सँगै मुख्यमन्त्री महरा अल्पमतमा परेका छन् ।

कर्णाली प्रदेशमा यामलाल कडेल मुख्यमन्त्री छन् । एमालेबाट मुख्यमन्त्री रहेका कंडेल नेतृत्वको सरकार फेरिने छैन, तर मन्त्रिपरिषद नयाँ समीकरण अनुसार हेरफेर हुनेछ ।

राजनीतिक दलहरुको केन्द्रिकृत मानसिकताका कारण प्रदेशमा स्वतन्त्र रुपमा सरकार निर्माण गर्न सक्दैनन् । केन्द्रीय समीकरणलाई प्रदेशमा पनि लागू गरिँदा प्रदेशको सरकार अस्थिर भएको हो । 

ADVADV

सम्बन्धित खबर

Advertise