२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

सिद्धार्थ बैंकका ग्राहकलाई सारंग हेल्थ केयरमा छुट

Nada
२०८२ साउन ९ गते २१:०२
Shares
सिद्धार्थ बैंकका ग्राहकलाई सारंग हेल्थ केयरमा छुट

काठमाडौं : सिद्धार्थ बैंकका ग्राहकले बखुडोल, ललितपुरमा रहेको सारंग हेल्थ केयरको सेवामा छुट प्राप्त गर्ने भएका छन् । 

बैंकका ग्राहकले हेल्थ केयरमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे क्लिनिकल सेवाहरूको भुक्तानी गर्दा पाँच प्रतिशतसम्मको छुट तथा ल्याब सेवाको भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्नेगरी सम्झौता भएको हो ।

यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित खबर