२०८२ साउन १० गते शनिवार / Jul 26 , 2025 , Saturday
२०८२ साउन १० गते शनिवार
Ads

ज्योति विकास बैंकको १७औं वार्षिकोत्सव सम्पन्न

shivam cement
मध्यान्ह
२०८२ साउन ९ गते २१:०४
ज्योति विकास बैंकको १७औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं : ज्योति विकास बैंकले स्थापनाको १७औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । बैंकले शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गर्दै १७ वर्षको सफल यात्रा पुरा गरी १८औँ वर्ष गरेको हो ।

प्रधान कार्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोहको सभापतित्व बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरेका थिए । उक्त समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरू, भूतपूर्व अध्यक्ष, भूतपूर्व सञ्चालकहरू र कर्मचारीको उपस्थिति रहेको थियो । 

बैंकले वार्षिकोत्सवको दिन एआई च्याटबट ‘ज्योति’ सार्वजनिक गरेको छ, जसले सरल इन्टरफेस र भाषिक विकल्पमार्फत् ग्राहकहरूलाई बैंकिङ जानकारीमा सहज पहुँच र तुरुन्तै जानकारी प्राप्त गर्ने सुविधा प्रदान गर्ने जनाइएको छ । 

त्यस्तै, वार्षिकोत्सवको अवसरमा बैंकले ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत् विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको घोषणा तथा सम्झौता गरेको छ । तिलगंगा इन्स्टिच्युट अफ अफथ्याल्मोलोजीसँगको सहकार्यमा आँखा जाँच तथा मोतिविन्दुको निःशुल्क शल्यक्रिया, राष्ट्रिय आविष्कार केन्द्रसँगको साझेदारीमा न्यानो नानीु बेबी वार्मर उपकरण दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा जडान गरिने लगायतका कार्यक्रमको सम्झौता गरेको छ ।

वार्षिकोत्सवको अवसरमा बैंकले केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो । साथै, कार्यक्रममा १० वर्ष तथा १५ वर्षदेखि अनवरत रूपमा कार्यरत रही योगदान दिएका कर्मचारीहरूलाई सम्मानित गरिएको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise