२०८२ साउन ११ गते आइतवार / Jul 27 , 2025 , Sunday
२०८२ साउन ११ गते आइतवार
Ads

कमला नहरमा डुबेका बालकको शव फेला

shivam cement
मध्यान्ह
२०८२ साउन १० गते १६:३३
कमला नहरमा डुबेका बालकको शव फेला

सिरहा : सिरहाको कर्जन्हा नगरपालिका-११ बगहास्थित कमला नहरमा डुबेर हराएका करिब छ वर्षीय बालकको शव एक दिनपछि मिर्चैयामा फेला परेको छ ।

बिहीबार दिउँसो हजुरआमासँग भैँसी चराउन गएका दीपक महराका छोरा शिवा महरा नहरमा नुहाउने क्रममा डुबेर हराएका थिए । बालक कर्जन्हा–११ को बगहा पासवान टोल निवासी हुन् । 

बालकको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार खोजतलासका क्रममा शुक्रबार अपराह्न करिब ४ बजेतिर मिर्चैया नगरपालिका–३, वीरपुर बजारदेखि दक्षिणतर्फको कमला नहरमा बालकको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानका अनुसार बिहीबार बिहान करिब १० बजे बालक नहरमा डुबेको सूचना पाएको परिवारजन र स्थानीयले आफैँ खोजी सुरु गरेका थिए । तर दिउँसो करिब २:३० बजेतिर मात्र घटना प्रहरीलाई जानकारी गराइएको थियो ।

खबर प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेर बालकको खोजी गरेको थियो भने शुक्रबार बिहानदेखि सुरु गरिएको खोजीका क्रममा शव मिर्चैया नहरतर्फ भेटिएको हो ।

शव भेटिए लगत्तै आवश्यक कानुनी प्रक्रिया पूरा गरी लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा शव परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise