२०८२ भदौ २९ गते आइतवार / Sep 14 , 2025 , Sunday
२०८२ भदौ २९ गते आइतवार
Ads

एनआईसी एशिया लघुवित्तद्वारा स्वास्थ्य सचेतना कार्यक्रम

shivam cement
मध्यान्ह
२०८२ साउन ११ गते २०:४९
एनआईसी एशिया लघुवित्तद्वारा स्वास्थ्य सचेतना कार्यक्रम

काठमाडौं : एनआईसी एशिया लघुवित्तले स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले साउन ६ गते धरान शाखा, साउन ७ गते लेटाङ शाखा तथा साउन ९ गते गौरादह शाखामा सो कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमबाट धरानमा आयोजित कार्यक्रममा ७० जना, लेटाङमा ७२ जना तथा गौरादहमा ७० जना सदस्यहरू लाभान्वित भएका छन् । एन्जल फाउन्डेसनको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा सम्बन्धित शाखाका प्रमुख, जनप्रतिनिधि, एन्जल फाउन्डेसनका प्रतिनिधि एवम् अन्य कर्मचारीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा हृदयघात, सर्पदंश, जलन, कुकुरको टोकाइ, पानीमा डुब्ने तथा करेन्ट लागेपछि गरिने प्राथमिक उपचारका सम्बन्धमा जानकारी दिइएको थियो भने पाइल्स, फिसर, फिस्टुला जस्ता रोगको रोकथाम तथा उपचारका विषयमा पनि जानकारी दिइएको थियो । 

साथै, वित्तीय सचेतनाका विषयमा पनि कार्यक्रममा छलफल चलाइएको थियो । आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने जानकारी संस्थाले दिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise