२०८२ साउन ११ गते आइतवार / Jul 27 , 2025 , Sunday
२०८२ साउन ११ गते आइतवार
Ads

‘मिठास टुकुचे १४०१’ बासमती चामल सार्वजनिक

shivam cement
मध्यान्ह
२०८२ साउन ११ गते २०:५३
‘मिठास टुकुचे १४०१’ बासमती चामल सार्वजनिक

काठमाडौं : किङ फुड्स प्रालिले नयाँ उत्पादन ‘मिठास टुकुचे १४०१’ बासमती चामल ल्याएको छ । कम्पनीले उत्तरी भारतको हरियाणाबाट प्रत्यक्ष आयात गरिएको यो लामो दाना तथा सुगन्धित बासमती चामल १४०१ स्टिम भेराइटीमा आधारित भएर ल्याएको हो । 

यसको स्वाद, वासना र बनावटले नेपाली परिकारलाई अझ स्वादिलो बनाउने दाबी कम्पनीले गरेको छ । कम्पनीकाअनुसार ‘मिठास टुकुचे १४०१’ चामल विशेष पर्व, उत्सव र दैनिकी दुबैका लागि उपयुक्त छ, जसले उपभोक्तालाई गुणस्तरमा कुनै सम्झौता नगरी सन्तुष्टि दिनेछ ।

हाल यो चामल भाटभटेनी सुपरमार्केटका सबै आउटलेटहरूमा एक केजी, पाँच केजी र २० केजी प्याकिङमा उपलब्ध छ । साथै, निकट भविष्यमा मेट्रोमार्ट र बिगमार्ट जस्ता प्रमुख खुद्रा स्टोरहरूमा समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise