२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

श्रमिकका समस्या सुन्न हटलाइनको व्यवस्था गर्नेछुः अध्यक्ष पन्थी

Nada
तिलु शर्मा पौडेल
२०८२ साउन ११ गते २१:५४
Shares
श्रमिकका समस्या सुन्न हटलाइनको व्यवस्था गर्नेछुः अध्यक्ष पन्थी

दोहा कतार : श्रमिकले आफ्ना समस्या गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतार समक्ष राख्नका लागि हटलाइन नम्बरको व्यवस्था गर्ने नवनिर्वाचित अध्यक्ष कृष्ण पन्थीले बताएका छन् । 

ncell

एघारौँ राष्ट्रिय एकता महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष पदमा चयन भएका पन्थीले शपथ ग्रहण लगत्तै पञ्जीकृत सदस्यहरूलाई सम्बोधन गर्दै हटलाइन नम्बरसहित श्रमिकका समस्या तथा गुनासा राख्न व्हाट्सएपको समेत व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष पन्थीले एनआरएनए अभियानमा आफू श्रमिकको माझमा रहेर कार्यसम्पादन गरेको हुँदा कतारका हरेक श्रमिकको माझमै रहने अर्को प्रतिबद्धता व्यक्त गरे । 

विगतमा एनसीसीको कार्यसमिति सदस्यमा आफूले पराजयसम्म भोगेको स्मरण गर्दै पन्थीले आफू श्रमिक सहसंयोजक र निवर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्ष तथा श्रमिक विभाग संयोजक रहेर काम गरेको अनुभवका आधारमा एनसीसीलाई श्रमिकमैत्री बनाइने बताए । 

आफूलाई अध्यक्षको जिम्मेवारी सुम्पिन सहयोग गर्ने कतारका संघसंस्था तथा एनआरएनएका अभियन्तालाई धन्यवाद ज्ञापन गरे ।

उनले संस्थालाई बलियो बनाउँदै कतारमा रहेका नेपालीलाई संस्थामा जोड्दै अगाडि बढ्नका लागि आगामी एक वर्षसम्म एनसीसी कतारको पञ्जीकृत सदस्यता खुला रहने हुँदा सबैलाई एनसीसीमा जोडिन आग्रह गरे ।

परिषद् सदस्यता शुल्क मध्येबाट प्रत्येक एक परिषद् सदस्यको शुल्कको २० प्रतिशत सिधै कोषमा जम्मा हुने गरी श्रमिक कल्याणकारी कोषको स्थापना गर्ने दोहोर्‍याए । एनसीसी कतारले २०२३/०२५ कार्यकालमा विशेष गरी श्रमिकका पक्षमा गरेका कार्यसम्पादन र आर्थिक पारदर्शिता नेपाली समाजमा  प्रशंसाको विषय बनेका छन् ।

सम्बन्धित खबर