२०८२ साउन १२ गते सोमवार / Jul 28 , 2025 , Monday
२०८२ साउन १२ गते सोमवार
Ads

९ हजारले गरे सगरमाथा आरोहण

shivam cement
जानकी पाठक
२०८२ साउन १२ गते ०६:२५
९ हजारले गरे सगरमाथा आरोहण

काठमाडौं : सगरमाथा चुचुरोमा पाइला टेक्ने नेपालसहित विभिन्न मुलुकका कुल आरोही संख्या ९ हजार ७७ पुगेका छन् । सगरमाथा आरोहणको इतिहास हेर्दा ७१ वर्षमा ९ हजार ७७ आरोहीले सगरमाथा आरोहण गरेको तथ्यांकले देखाएको हो । 

नेपाल पर्यटन विभागले सन् २०२४ अन्तिमसम्मको सगरमाथा र अन्य हिमालको आधिकारिक तथ्यांक सार्वजनिक गरेको छ । सो तथ्यांकअनुसार २०२४ मा मात्रै २ सय ९८ जना आरोहीको र  ४ सय ९४ जना सहयोगीले चुचुरो चुमेका हुन् । 

यसमध्ये सगरमाथा चुचुरो पुग्ने महिला आरोही संख्या ७ सय ४ पुगेको तथ्यांकमा उल्लेख छ ।  सगरमाथा आरोहण गर्ने पहिलो महिला आरोही जापानकी जुनको ताबेई हुन् । उनले सन् १९७५ मा यो कीर्तिमान बनाएकी थिइन् । नेपालबाट पहिलो आरोहण गर्ने महिला पासाङल्हामु शेर्पा हुन् । उनले सन् १९९३ मा सगरमाथाको सफल आरोहण गरेकी थिइन् । आरोहण गरी फर्कने क्रममा उनको निधन भएको थियो ।

७०४औं महिला आरोहीमा भारतकी रिना देवी हुन् । उनले मे २०२४ मा सगरमाथा चढेकी थिइन् । यो सूचीमा सन् २०२५ को वसन्त ऋतुमा सगरमाथा चढेकाको विवरण भने समावेश छैन । सगरमाथा आरोहण सुरुवात भने तेन्जिङनोर्गे शेर्पा र एडमन्ड हिलारीले सन् १९५३ मा सफल आरोहण गरेसँगै सुरु भएको थियो ।  २०२४ मा सबैभन्दा धेरै नेपाली ४ सय ९४ जना चुचुरो पुगेका थिए । चिनियाँ ५४, अमेरिकी ४६ र बेलायती २६ जनाले सगरमाथा चढेको देखिन्छ । यस सूचीमा २०२५ को वसन्तु ऋतुमा भएको आरोहण समावेश छैन । विभागका अनुसार सन् २०१० यता २ हजार ६ यस ७८ आरोही र ३ हजार ६ सय ९१ जना सहयोगी स्टाफले चुचुरो चुमेको देखिन्छ ।  

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise