२०८३ मंसिर ३ गते बिहिवार / Nov 19 , 2026 , Thursday
२०८३ मंसिर ३ गते बिहिवार

एन्फामाथिको प्रशासनिक र आर्थिक निलम्बन फुकुवा

Nada
२०८३ मंसिर ३ गते १२:४१
Shares
एन्फामाथिको प्रशासनिक र आर्थिक निलम्बन फुकुवा

काठमाडौँ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा गरेको छ । राखेप कार्यकारी समितिको बिहीबार (मंसिर ३) को निर्णयअनुसार यसअघि विभिन्न समयमा एन्फामाथि लगाइएका सबै निलम्बन र प्रतिबन्ध हटाइएको हो ।

राखेपका सदस्यसचिव रामचरित्र मेहताले हस्ताक्षर गरेको पत्र बिहीबार एन्फालाई पठाइएको छ । पत्रमा प्रशासनिक तथा आर्थिक प्रतिबन्ध पत्र जारी भएको मितिदेखि फुकुवा हुने उल्लेख छ ।

एन्फाले गत चैत २३ गते पत्र पठाएर निलम्बन फुकुवा गर्न राखेपसँग अनुरोध गरेको थियो । राखेपले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा (३) बमोजिम फुकुवाको निर्णय गरेको जनाएको छ ।

राखेपले निर्णयबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय, मन्त्रीको सचिवालय, अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) लाई पनि जानकारी गराएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर