२०८२ साउन १३ गते मङ्गलवार / Jul 29 , 2025 , Tuesday
२०८२ साउन १३ गते मङ्गलवार
Ads

वैकल्पिक उपाय अपनाएर भएपनि द्रूतमार्गलाई सम्पन्न गर्नुपर्छ: प्रधानमन्त्री ओली

shivam cement
मध्यान्ह
२०८२ साउन १२ गते १८:२९
वैकल्पिक उपाय अपनाएर भएपनि द्रूतमार्गलाई सम्पन्न गर्नुपर्छ: प्रधानमन्त्री ओली

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक उपाय अपनाएर भएपनि काठमाडौं–तराई/मधेश द्रूतमार्गलाई सम्पन्न गर्नुपर्ने बताएका छन्। 

आज सामाजिक सञ्जालमार्फत उनले उक्त सडकले काठमाडौंलाई एक घण्टामै तराईसँग जोड्ने भएकाले वैकल्पिक उपाय अपनाएर भएपनि उक्त सडकलाई सम्पन्न गर्नुपर्ने बताएका हुन् । 

‘द्रूतमार्गको खोकना–डुकुछाप खण्डको निर्माणमा उत्पन्न भएका समस्याबारे हिजो राति गहन छलफल भयो । खोकना क्षेत्रको निर्माण सकिनासाथ सडक तराईसँग जोडिन्छ । वैकल्पिक उपाय अपनाएर भएपनि हामीले यसलाई सम्पन्न गर्नुपर्ने छ । हामीसँग धेरै समय छैन, त्यसैले उपयुक्त उपाय खोज्न मैले मन्त्रालय र नेपाली सेनालाई आग्रह गरेको छु’, प्रधानमन्त्री ओलीले लेखेका छन् ।   

उनले काठमाडौं–तराई/मधेश द्रूतमार्ग मुलुकको रणनैतिक महत्त्वको सडक आयोजना भएकाले नेपाली सेनाले निर्माण गरिरहेको बताएको उल्लेख गरेका छन् । 

ADV

सम्बन्धित खबर

Advertise