इमरान खान/मध्यान्ह
कपिलवस्तु : कपिलवस्तु जिल्ला अदालतबाट ज्यान मुद्दामा २०७६÷९÷२४ गतेको फैसला अनुसार २ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपलिका – ३ मधुवा बस्ने हेमलाल सुनार रहेका छन् ।
उनलाई सोमबार प्रहरीले पक्राउ गरी आवश्यक कार्यवाहीका लागी कपिलवस्तु जिल्ला अदालतमा पेश गरी कैद भुक्तानका लागी कारागार चलान गरिएको प्रहारीले जनाएको छ ।
यसैगरी कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका – ८ बहादुरगंज चौकबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बहादुरगंज र इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले कृष्णनगर चन्द्रौटा सडक खण्डमा कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु १५प ११९४ नं. को मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा मोटरसाइकलका चालक कृष्णनगर नगरपालिका– २ बस्ने ३८ वर्षीय जमिल भन्ने अकिल खाँ रहेका छन् । उनको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ २३ ग्राम, डिजिटल तौल गर्ने हाते मेसिन १ थान, नगद ८ हजार ८० रुपैयाँ र मोबाइल १ थान बरामद गरिएको छ । त्यसैगरी उक्त लागूऔषध खरिद गर्न भनि आएका प्युठान न.पा.—८ का २८ वर्षीय विकास महतरा क्षेत्री पनि पक्राउ गरेका छन् । प्रहरीले उनको साथबाट पनि १४ हजार रुपैयाँ र १ थान मोबाइल बरामद गरेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले मध्यान्हलाई जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies