२०८२ साउन १३ गते मङ्गलवार / Jul 29 , 2025 , Tuesday
२०८२ साउन १३ गते मङ्गलवार
Ads

पोखरामा भेटियो हायु परिवार

shivam cement
नविन श्रेष्ठ
२०८२ साउन १२ गते २२:११
पोखरामा भेटियो हायु परिवार

सिन्धुली : सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ का एकै परिवारका १६ जना पोखरामा भेटिएका छन् । 

उर्मिला हायुका सबै सदस्यहरु गगनगौंडामा फेला परेका प्रहरीले जनाएको छ । उनीहरूलाई पोखराको माथिल्लो गौँडगौडा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो । कास्कीका प्रहरी प्रमुख (एसपी) श्यामबाबु ओलियाका अनुसार १६ जनाले आफूहरू मजदुरी गर्न पोखरा आएको बताएका छन् । 

उनीहरू गौँडगौडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा फेला परेका हुन् । उनीहरू पोखरामा बस्ने योजनासहित नै पुगेको देखिएको प्रहरीको सोधपुछका क्रममा खुलेको छ । सिन्धुलीबाट गाडी रिजर्भ गरेर उनीहरू पोखरा पुगेका थिए । पोखरा पुगेपछि एक दिन होटलमा बसेका उनीहरू आइतबार मात्र होटलबाट चेकआउट गरी स्थानीयको घरमा बस्न गएका थिए ।

राज्यले दिने भत्ता वापतको रकम वडा कार्यालयबाट ५ दिन अघि बुझेका उर्मिलासहित उनको १८ जनाको परिवारमध्ये १५ हराएपछि प्रहरीले अनुसन्धान सुरू गरेको थियो । उनीहरू हराएको सूचना प्राएपछि सोमबार बिहानदेखि जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रहरी टोली, जनप्रतिनिधिसहित स्थानीयले उनीहरूको खोजी गरेका थिए । 

साउन ८ गते बिहीबार स्थानीय निकायले लोपोन्मुख हायु समुदायले पाउने भत्ता बापतको रकम वितरण गर्दा उर्मिला हायु र उनका ६ छोरा, ६ छोरीसहित १६ जनाले ४ हजारको दरले ३ महिनाको भत्ता रकम बुझेको गोलन्जोर गाउँपालिका वडा नम्बर–६ वडाध्यक्ष शंकरराज बरालले जानकारी दिए । 

भत्ता बुझेपछि उनीहरूले घरमै सुँगुरको मासु खाएर केही मासुसमेत छाडेर हिँडेका थिए । ‘बैंकहरू कहिलेकही ऋण उठाउन घरमै आउने गरेका थिए’, अध्यक्ष बरालले भने ‘किचनका लागि बनाइएको टहरोमा आगो लागेको छ भने बस्ने घर सग्लो छ ।’ हायुका छिमेकी टाढा छन् । तीन दिनदेखि हायु परिवारले पालेका बस्तुलाई घाँससपानी नदिएको पाइएपछि उनको अवस्था बुझ्न गाउँलेहरू आयुको घर पुगेका थिए । घर पुग्दा कोही पनि नदेखेपछि स्थानीयले जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए । सोही सूचनाको आधारमा प्रहरी टोलीले हायुको घरमा पुगेर अनुसन्धान अघि बढाएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise