काठमाडौं : एनसेलले ‘बिज सधैं अन’मा मनसुन बिजनेस अफर ल्याएको छ । ग्राहकले बिज सधैं अन ३ सय ९९ प्लान वा बिज सधैं अन ६ सय ४९ प्लानको १० महिनाका लागि सदस्यता लिँदा १२ महिनाको सेवा पाउनेगरी एनसेलले सो अफर ल्याएको हो ।
सो अफर ‘१० महिना तिर्नुहोस्, १२ महिना सेवा पाउनुहोस्’ भन्ने मोडेलमा आधारित रहेको कम्पनीले जनाएको छ । सो अफरमा ग्राहकहरूले कम खर्चमा एक वर्ष सेवा उपयोग गर्न सकिनेलगायत सुविधा छन् ।
कम्पनीकाअनुसार बिज सधैं अन ३ सय ९९ प्लानमा ग्राहकले हरेक महिना १० जीबी डाटा, ४ सय मिनेट जुनसुकै लोकल नेटवर्कमा कल गर्न सकिने टक टाइम र ४ सय एसएमएस प्रतिमहिना पाउनेछन् । त्यस्तै, बिज सधैं अन ६ सय ४९ प्लानमा हरेक महिना ३० जीबी डाटा, अनलिमिटेड टक टाइम र ६ सय ५० एसएमएस पाइने कम्पनीको भनाइ छ ।