२०८२ साउन १५ गते बिहिवार / Jul 31 , 2025 , Thursday
२०८२ साउन १५ गते बिहिवार
Ads

रुसमा ८.७ म्याग्निच्यूडको भूकम्प

shivam cement
मध्यान्ह
२०८२ साउन १४ गते ०७:५१
रुसमा ८.७ म्याग्निच्यूडको भूकम्प

काठमाडौँ : रुसको सुदूर पूर्वी तटमा ८.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थान (यूएसजीएस) ले बुधबार भूकम्प गएको जानकारी दिएको हो ।

यूएसजीएसका अनुसार रुसमा करिब १३६ किलोमिटर टाढा र १९ किलोमिटर गहिराइमा भूकम्प गएको हो । 

काम्चात्का प्रायद्वीपमा सुनामीको जोखिम रहेको भन्दै स्थानीय बासिन्दालाई तटीय क्षेत्रहरूबाट टाढा रहन आग्रह गरेका छन् । शक्तिशाली भूकम्प गएपछि जापान र अमेरिकाले सुनामीको चेतावनी जारी गरेका छन् ।

अमेरिकी अधिकारीहरूले अलास्का र हवाईका लागि सुनामी चेतावनी जारी गरेका छन् । हवाईमा तीन मिटर अग्ला छालहरू आउने चेतावनी दिइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise