काठमाडौं : एनआईसी एसिया बैंकका ग्राहकलाई लेमोन ट्री प्रिमियरको सेवामा छुट हुने भएको छ । बैंक र बूढानीलकण्ठ हेरिटेज लिमिटेडबीच बैंकका ग्राहकलाई लेमोन ट्री प्रिमियर बूढानीलकण्ठको सेवा लिँदा छुट दिने सम्झौता भएको हो ।
सो सम्झौतापछि यस बैंकका ग्राहकहरूले लेमोन ट्री प्रिमियर, बूढानीलकण्ठमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने जनाइएको छ । ग्राहकले सो होटलको आवास सेवा, खाना तथा पेयपदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतको विशेष छुट सुविधा उपभोग गर्न सक्नेछन् ।
सम्झौतामा एनआईसी एसिया बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख विमल लम्साल र बूढानीलकण्ठ हेरिटेज लिमिटेडका तर्फबाट जनरल म्यानेजर मनोजकुमार थापाले हस्ताक्षर गरेका छन् । होटेलमा सुविधाको उपभोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्ने जनाइएको छ ।