बारा : बारामा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । निजगढ–पथलैया सडकखण्डमा पर्ने १६ किलोमा गएराति दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा निजगढ नगरपालिका ९ का बिकास साह र पर्सा वहहरीका सुनैना देबि थारु र नुवाकोटका टुनुराज तामाङ्गको मृत्यु भएको हो ।
पूर्वबाट पथलैयातर्फ गइरहेको बा ६५ प २७५६ नम्बरको पल्सर मोटरसाइकल र पश्चिमबाट निजगढतर्फ आइरहेको प्र २ ०३ ००२ प ५३३५ नम्बरको पल्सर मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएका हुन् ।
दुर्घटनापछि २७५६ नम्बरको मोटरसाइकल आगोलागि भई पुर्णरुपमा नस्ट भएको छ । तिब्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको अनुमान रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies