२०८२ साउन १६ गते शुक्रवार / Aug 01 , 2025 , Friday
२०८२ साउन १६ गते शुक्रवार
Ads

शक्तिशाली भूकम्पपछि रूसको सुदूरपूर्वमा सुनामी

shivam cement
मध्यान्ह
२०८२ साउन १५ गते ११:१८
शक्तिशाली भूकम्पपछि रूसको सुदूरपूर्वमा सुनामी

काठमाडौंः बुधवार ८.७ म्याग्निच्युडको भूकम्पपछि रूसको सुदूरपूर्वी कामचट्का प्रायद्वीपको येलिजोभ्स्की जिल्लामा ३ देखि ४ मिटर अग्लो सुनामी छाल आएको छ । 

केप भोडोपाडनायामा रहेको हाइड्रोमेटियोलोजिकल सेवा अवलोकन बिन्दुमा लगभग ३ देखि ४ मिटर अग्लो सुनामी छाल देखिएको हो । 

कामचट्काका आपतकालीन अवस्था मन्त्री सर्गेई लेबेदेवले बासिन्दाहरूलाई तटबाट टाढा रहन आग्रह गरेका छन् । रुसी विज्ञान प्रतिष्ठानको भूभौतिक सेवाको कामचट्का शाखाकाअनुसार यसअघि प्रायद्वीपमा ८.७ म्याग्निच्युडको भूकम्प गएको थियो । जुन १९५२ पछिको सबैभन्दा शक्तिशाली भूकम्प थियो । 

अमेरिकी भूगर्भीय सर्वेक्षणले ८.८ म्याग्निच्युडको भूकम्प १९.३ किलोमिटर गहिराइमा आएको र अवाचा खाडीको तटमा रहेको १ लाख ६५ हजार जनसंख्या भएको पेट्रोपाभ्लोभस्क–कामचात्स्की शहरबाट १२६ किलोमिटर पूर्व–दक्षिणपूर्वमा रहेको बताएको छ । 

ADV

सम्बन्धित खबर

Advertise