२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

निजी क्षेत्र सकारात्मक

ADV
२०८१ साउन १ गते ०६:४०
निजी क्षेत्र सकारात्मक

काठमाडौं : श्रम, राजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शरतसिंह भण्डारीको नियुक्तिलाई वैदेशिक रोजगार क्षेत्रका सरोकारवालाहरूले सकारात्मक भनि टिप्पणी गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले मन्त्री भण्डारीको पुनरागमनलाई आफूहरूले सकारात्मकरुपमा लिएको बताए ।

संघले मंगलबार कार्यसमितिको तर्फबाट नवनियुक्त मन्त्री भण्डारीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिने तयारी गरेकोे छ । सोमबार मन्त्री भण्डारीलाई भेटेर शुभकामना व्यक्त गरेका संघका अध्यक्ष भण्डारीले शुभकामना वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्याको समाधानका विषयमा छलफल गर्ने मध्यान्ह दैनिकलाई बताए । उनले तत्कालका लागि संख्या सयको समस्या समाधानका लागि जोड दिने उल्लेख गरे । 

वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतमले मन्त्रालयमा अनुभवी मन्त्रीको नियुक्तिले व्यवसायीका समस्याको समाधान हुने आशा जागेको टिप्पणी गरे । महासंघका पूर्वअध्यक्ष पूर्णबहादुर मल्लले प्रजातान्त्रिक प्रणाली र प्रक्रियाबाट निर्वाचित भइ आएको जनप्रतिनिधि भएकाले विगतको जस्तो दलगत र व्यक्तिगत स्वार्थमा केन्द्रित नभइ सबै पक्षका जायज समस्याको समाधान हुने अपेक्षा गरिएको टिप्पणी गरे ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise