२०८२ साउन १६ गते शुक्रवार / Aug 01 , 2025 , Friday
२०८२ साउन १६ गते शुक्रवार
Ads

मन्त्री खड्काद्वारा मोटरेबल पुल उद्घाटन, संखुवासभामा ऊर्जा र पर्यटन पूर्वाधारमा तीव्र लगानीको घोषणा

shivam cement
मध्यान्ह
२०८२ साउन १५ गते २०:११
मन्त्री खड्काद्वारा मोटरेबल पुल उद्घाटन, संखुवासभामा ऊर्जा र पर्यटन पूर्वाधारमा तीव्र लगानीको घोषणा

संखुवासभा : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले संखुवासभा जिल्लामा विकासका पूर्वाधारलाई तीव्रता दिँदै करिब ४ करोड ६५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको मोटरेबल पुलको उद्घाटन गरेका छन् । 

मोटरेबल पुलको उद्घाटन गर्दै मन्त्री खड्काले स्थानीय यातायात सहज बनाउने अर्को पुल, सडक स्तरोन्नति तथा जलविद्युत् आयोजना र पर्यटकीय सम्भावनाहरूमा समेत उल्लेख्य लगानी हुने बताए । 

No description available.

गृहजिल्ला संखुवासभाको सिलीचोङ गाउँपालिका–१ र २ लाई जोड्ने उक्त पुल संघीय, प्रदेश र स्थानीय सरकारको साझेदारीमा तीन वर्षको अवधिमा निर्माण सम्पन्न भएको हो । उद्घाटन कार्यक्रममा मन्त्री खड्काले संखुवा खोलामा अर्को नयाँ पुल निर्माणका लागि चालू वर्षमै ३ करोड रुपैयाँको बजेट विनियोजन भइसकेको जानकारी दिए । उनले छिट्टै टेन्डर प्रक्रिया अघि बढ्ने बताए । यस्तै, मानेभञ्ज्याङ–चन्दनपुर–हेलुवा बेसी सडक खण्ड कालोपत्रे गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खड्काले यो वर्षभित्रै काम सम्पन्न गर्न व्यक्तिगत रूपमा पहल गर्ने प्रतिबद्धता जनाए ।

ऊर्जा पूर्वाधारको सन्दर्भमा उनले सिलीचोङ गाउँपालिकाभित्रै ५ देखि ७ वटा जलविद्युत् आयोजना निर्माणको चरणमा रहेको जानकारी गराउँदै ती आयोजनाबाट रोजगारी, आर्थिक विकास र स्थानीय पूर्वाधारमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । ‘संखुवासभा केवल मेरो जन्मभूमि होइन, यसको समग्र विकासको जिम्मेवारी पनि मेरो काँधमा छ,’ मन्त्री खड्काले भने ।

No description available.

साथै, उनले सिलीचोङलाई सोलुखुम्बुसँग जोड्ने वैकल्पिक नाका बनाउने सम्भावनाबारे धारणा राख्दै पर्यटकीय प्रवर्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । बुधबारेमा स्थायी प्रहरी चौकी स्थापना गर्न पहल भइरहेको र मकालु बरुण राष्ट्रिय निकुञ्जभित्र विकास कार्य गर्दा देखिने प्राविधिक ढिलाइलाई कम गर्दै व्यवस्थित सञ्चालनमा ल्याउने सरकारको तयारी रहेको मन्त्री खड्काले जानकारी दिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise