२०८२ साउन १६ गते शुक्रवार / Aug 01 , 2025 , Friday
२०८२ साउन १६ गते शुक्रवार
Ads

बनेपामा कजारियाको नयाँ सोरुम

shivam cement
मध्यान्ह
२०८२ साउन १५ गते २०:४९
बनेपामा कजारियाको नयाँ सोरुम

काठमाडौं : भारतीय टायल कम्पनी कजारियाले बनेपामा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ । बनेपा मार्भल प्यालेसद्वारा सञ्चालित सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको उपस्थिति रहेको थियो । साथै, कजारिया रमेश टाइल्स लिमिटेडका राष्ट्रिय सेल्स प्रबन्धक अभ्यास भूषण तिवारीको रहेको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शान्ति रत्न शाक्यले नयाँ सोरुमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरिन् ।

उनले भनिन्, ‘कजारिया जस्तो प्रतिष्ठित ब्रान्ड बनेपामा आउनु हाम्रो सहरका लागि गर्वको कुरा हो । यस नयाँ सोरुमले हाम्रो क्षेत्रमा बढ्दो सम्भावनाको प्रतिबिम्ब देखाउँछ र स्थानीय समुदायको गुणस्तरीय पूर्वाधार तथा डिजाइन आवश्यकतामा महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।’

बनेपाको प्रमुख क्षेत्र उग्रचण्डी पेट्रोल पम्पपछाडि रहेको नयाँ सोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्छ, जसले ग्राहकलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । 

ADV

सम्बन्धित खबर

Advertise