काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्सको ‘बिजनेस एक्सेलेन्स अवार्ड २०२५’ सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने आफ्ना अभिकर्ताहरूलाई सम्मान गर्ने उद्देश्यले’ बिजनेस एक्सेलेन्स अवार्ड २०२५’को आयोजना गरिएको हो । कम्पनीले अभिकर्ताहरूको व्यावसायिक उत्कृष्टता, समर्पण र निरन्तरताको कदर गर्दै उनीहरूलाई विशेष सम्मान प्रदान गरेको हो ।
कार्यक्रममा नेपालमै निर्मित आँखी झ्याल शैलीको विशेष अवार्डमार्फत स्वदेशी उत्पादनको प्रवर्धनसमेत गरिएको थियो । समारोहका प्रमुख वक्ता तथा आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले कम्पनीको सफलता अभिकर्ता तथा कर्मचारीहरूको निरन्तर सहकार्यको प्रतिफल भएको उल्लेख गरे ।
उनले आगामी दिनमा कम्पनीलाई अझ प्रविधिमैत्री, बिमितमुखी तथा अभिकर्ताकेन्द्रित सेवा प्रदायक संस्थाको रूपमा अघि बढाइने बताए । कार्यक्रममा कम्पनीका सञ्चालक समिति सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरू, चिफ मार्केटिङ अफिसरहरू, प्रदेश प्रमुखहरू तथा अन्य कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।