२०८२ साउन १६ गते शुक्रवार / Aug 01 , 2025 , Friday
२०८२ साउन १६ गते शुक्रवार
Ads

सामसङ ग्यालेक्सी वाच–८ सिरिज सार्वजनिक

shivam cement
मध्यान्ह
२०८२ साउन १५ गते २१:०४
सामसङ ग्यालेक्सी वाच–८ सिरिज सार्वजनिक

काठमाडौं : सामसङले नेपालमा आफ्नो नयाँ पुस्ताको स्मार्टवाच, ग्यालेक्सी वाच–८ सिरिज सार्वजनिक गरेको छ । दैनिक जीवनमा सहज प्रयोग, उन्नत स्वास्थ्य निगरानी, र स्मार्ट कनेक्टिभिटीलाई एउटै घडीमा जोडेको कम्पनीले जनाएको छ । दिनभरि लगाउन मिल्ने र दैनिक स्वास्थ्यमा साथ दिने हिसाबले डिजाइन गरिएको वाच सिरिजले स्मार्ट वेरेबल प्रविधिमा नयाँ आयाम थपेको कम्पनीले जनाएको छ । 

ग्यालेक्सी वाच–८ अझ पातलो डिजाइन, ब्राइट स्क्रिन र प्रिसाइस स्वास्थ्य ट्¥याकिङका लागि अपग्रेड गरिएको बायोएक्टिभ सेनसर जडित छ । यसले सुत्ने समयको सल्लाह दिने सुविधा रहेको कम्पनीले जनाएको छ । 

अब जेमिनी एआईको सहायताले वाचलाई भोइस कमान्ड दिएर नियन्त्रण गर्न सकिने बताइएको छ । सामसङ हेल्थजस्ता एपबाट अपडेट पाउने, मेसेज पठाउने वा व्यायाम सुरु गर्नेजस्ता सबै काम स्वाभाविक आवाज आदेशमार्फत हात नचलाई नै गर्न सकिन्छ । ग्यालेक्सी वाच–८ले अबको स्मार्ट वाच अनुभवलाई अझ व्यक्तिगत, सहज र स्वास्थ्य केन्द्रित बनाइएको कम्पनीले भनाइ छ । 

कम्पनीका अनुसार पहिलेभन्दा झनै पातलो, हलुका र हातमा सहज लाग्ने बनावटले यसलाई लामो समयसम्म लगाउन उपयुक्त बनाएको छ । यसमा प्रयोग गरिएको मेटल फ्रेमले आरामदायक अनुभव दिने बताइएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise