रविन विश्वकर्मा/मध्यान्ह
रुकुम पूर्व : रुकुम पूर्वमा आइतबार मृत अवस्थामा फेला परेकी बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको भूमे गाउँपालिका ३ मोराबाङ निवासी अर्जुन कुँवरको ४ वर्षीया छोरी प्रिया कुँवरको हत्या आरोपमा रुकुम पुर्व प्रहरीले सोही ठाउँका दुई जना नाबालकलाई नियन्त्रणमा लिएको हो ।
बालिकाको शव आइतबार राति ८ बजे घर नजिकैको खोल्सामा फेला परेको थियो । घटनाको प्रकुति हेर्दा शंकास्पद देखिएकाले थप अनुसन्धानका लागि सोधपुछ गर्न दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख तथा प्रहरी नायव उपरीक्षक गणेश बहादुर श्रेष्ठले मध्यान्हलाई बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies