तरुणा जोशी/मध्यान्ह
बझाङ : बझाङमा एक किशोरीमाथि बलात्कार प्रयास गरेको अरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मष्टा गाउँपालिका–२ खिकलाका १९ वर्षीय राजेन्द्र बिक रहेका छन् ।
उनले यहि भदौ ४ गते शुक्रबार बेलुकी सोही ठाउकी १६ वर्षीया किशोरीमाथि बलात्कार प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । राजेन्द्रले धारामा पानी भर्न गएकी किशोरीलाई बाटोबाटै तानी आफनो गोठभित्र लगेर जबरजस्ती प्रयास गरेको अनुसन्धानबाट खुलेको बझाङ प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले मध्यान्हलाई बताए ।
बलात्कार प्रयास भएको सूचना प्राप्त हुनासाथ राजेन्द्रलाई भदौ ५ गते पक्राउ गरी जवरजस्ती करणी उद्योग शिर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए ।
यस्तै गत असोज ८ गते घरबाट गोठ हिँडेकी मष्टा गाउपालिका २ खिकालाकै १२ वर्षीया सम्झना कामीलाई सोही गाउँको शिव मन्दिरमा बलात्कारपछि हत्या गरिएको थियो । उनको हत्यामा संलग्न रहेको आरोपमा खिकालाकै राजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरिसकेको छ । उनी हाल बाल सुधार केन्द्र दिपायलमा छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies