लक्ष्मण पोखरेल/मध्यान्ह
काठमाडौं : सानैदेखि अभिनयमा रुची भएका तुलसी प्रशाद श्रेष्ठ बि.स.२०३६ सालमा काठमाडौंको बसुन्धरामा जन्मिएका हुन् । टेलिसिरियल ‘हिजो आजका कुरा’ नेपाल टेलिभिजनबाट प्रशारण भएको ८० भाग र कान्तिपुर टीभीबाट ५० भागसम्म अभिनय गरेका श्रेष्ठले त्यसपछि ऋषिराज आचार्यको निर्देशनमा बनेको आफन्तमा अभिनय गरेका थिए । जुन २०६३ सालबाट नेपाल टेलिभिजनबाट प्रशारण भएको थियोे । त्यसपछि उनले टेलीसिरियल सञ्जीवनी, झट्का, विश्वास नामक टेलिसिरयलमा अभिनय गरेका थिए । उनले ती सबै टेलीसिरियलमा नकारात्मक भूमिकामा अभिनय गरेका थिए । ती मध्ये टेलीसिरियल आफन्तमा उनले गरेको ड्रगिस्ट्को भुमिका अत्यन्तै रुचाइएको थियोे ।
सानो पर्दामा करिब ७ वर्ष अभिनय गरेपछि ठूलो पर्दाको फिल्म मिस्टेक सालमा भिलेनको भूमिकामा अभिनय गरेका श्रेष्ठले पछि ड्रिम गर्लमा पनि मुख्य भिलेनको भूमिकामा अभिनय गरेका थिए । चलचित्र ड्रीम गर्लमा छायांकनका लागि थाइल्याण्डसम्म सुटिङमा गएका कलाकार श्रेष्ठले हाल चुरीफुरी नामक फिल्ममा म्यानपावर सञ्चालकको मुख्य भूमिकामा अभिनय गरेका छन् । चलचित्र चुरीफुरी परिस्थिति सामान्य हुनासाथ प्रदर्शन हुने तयारीमा रहेको छ ।
यस्तै अन्जु पन्तको ‘कसरी म चित्त बुझाउँ तिमी भन्छौ संसार अर्कै छ’ बोलको चर्चित गीतको म्युजिक भिडियोमा प्ले ब्वाईको मुख्य भूमिकामा मोडलिङ गरेको छन् भने अन्जु पन्तकै अर्को चर्चित गीत ‘तिमीलाई खुशी पार्न मैले आफ्नो आत्म मारेको थिएँ’ बोलको गीतमा पनि मोडलिङ गरेका छन् ।
उनले नायिका सारिका घिमिरेसँग पनि ‘निस्टुरी है नै डाँडा काटेर’ बोलको गीतमा मोडलिङ गरेका छन् भने आधुनिक गीततर्फ गायक नरेन्द्र प्यासीको ‘बिरानो भो बस्ने बास तिम्ले छोडी दिँदा’ बोलको म्यिुजिक भिडियोमा पनि मुख्य भूमिकामा अभिनय गरेको छन् ।
कलाकार श्रेष्ठ सकारात्मक भन्दा नकारात्मक भूमिकामा धेरै चर्चित छन् तर सकारात्मक भूमिकामा पनि चर्चा बटुल्ने गर्छन् । जीवन भरी अभिनय गरिरहने लक्ष्य रहेका श्रेष्ठ ‘यस्तै नसा’ नामक सर्ट फिल्मले मुख्य खलपात्र को अवार्ड पाएका थिए । जीवनभर अभिनय गरेर दर्शकलाई मनोरञ्जन दिने उनको उद्देश्य छ ।
उनी चलचित्र ड्रिम गर्लमा टाके दादा अनि छोटो चलचित्र नसामा सानो काजीको भूमिकामा निकै चर्चित भएका थिए । हाल उनले तेस्रो बुस्टर इन्टरटेण्टमेन्ट अवार्डबाट अन्जु पन्तको ‘कसरी म चित्त बुझाउ तिमी भन्छौ संसार अर्कै छ’ बोलको गीतको म्युजिक भिडियोमा बेष्ट एक्टर विधामा अवार्ड प्राप्त गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies