२०८२ साउन १७ गते शनिवार / Aug 02 , 2025 , Saturday
२०८२ साउन १७ गते शनिवार
Ads

अमलेखगञ्ज-लोत्थर पेट्रोलियम पाइपलाइनको काम सुरु

shivam cement
मध्यान्ह
२०८२ साउन १७ गते १४:३८
अमलेखगञ्ज-लोत्थर पेट्रोलियम पाइपलाइनको काम सुरु

काठमाडौं : अमलेखगञ्ज-लोत्थर पेट्रोलियम पाइपलाइनको काम सुरु भएको छ । चितवनको राप्ती १ लोत्थरमा आज कार्यालय उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपाल आयाल निगमका उपनिर्देशक एवं आयोजना प्रमुख प्रदीपकुमार यादवले आजबाट परियोजना अघि बढेको र यसले अमलेखगञ्जदेखि लोत्थरसम्म पाइप लाइन बिच्छ्याउने क्रममा जनतासँगै जोडिएको विषय भएको बताए ।

अहिले मोतीहारी अमलेखगञ्ज पाइपलाइन रहेको बताए । उक्त परियोजनाको पाइपलाइन बिच्छ्याउने काम १५ महिनाभित्रै सम्पन्न गरेको उनले बताए । अमलेखगञ्ज—लोत्थरसम्म ५४ महिनामा पाइपलाइन बिच्छ्याउने काम सक्ने लक्ष्य लिइए पनि यो धेरै लागेको उनले बताए । उनले ५४ महिनाको काम तीन वर्षमा सक्नेगरी प्रयास गर्ने पनि बताए । 

ADV

सम्बन्धित खबर

Advertise