२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Nada
२०८२ साउन १८ गते ११:३४
Shares
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

एकै दिन तोलामा ३४ सय रुपैयाँले बढेर आज एक लाख ९६ हजार ५ सय रुपैयाँका कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन  सुन प्रतितोला एक लाख ९३ हजार १ सयमा कायम भएको थियो । 

यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला दुई हजार २ सय ५० रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खबर