२०८२ साउन १८ गते आइतवार / Aug 03 , 2025 , Sunday
२०८२ साउन १८ गते आइतवार
Ads

खाद्य परीक्षणमा ऐतिहासिक सफलताः खाद्य विभागले पायो ८१४ परीक्षण प्यारामिटरमा एक्रिडिटेसन

shivam cement
मध्यान्ह
२०८२ साउन १८ गते १४:४६
खाद्य परीक्षणमा ऐतिहासिक सफलताः खाद्य विभागले पायो ८१४ परीक्षण प्यारामिटरमा एक्रिडिटेसन

काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेसनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन लेबोरेटोरीजबाट ८१४ परीक्षण प्यारामिटरमा एक्रिडिटेसन (प्रत्यायन) प्राप्त गर्दै नेपालकै सबैभन्दा ठुलो प्रमाणित खाद्य प्रयोगशालाको मान्यता पाएको छ । विभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले ६७२ केमिकल र १४२ माइक्रोबायोलोजिकल गरी कुल ८१४ परीक्षण प्यारामिटरमा प्रत्यायन प्रमाणपत्र गरेको जानकारी दिए ।

उनका अनुसार नेपाल र भारतबीच भएको समझदारीअन्तर्गत भारतको फुड सेफ्टी एण्ड स्ट्यान्डड्र्स अथोरिटी अफ इण्डियाले २०८१ चैत्र २२ मा परीक्षण गरी जारी गरिने प्रमाणपत्र र खाद्य गुणस्तर तथा स्वच्छता निर्यात प्रमाणपत्रलाई आधिकारिक मान्यता दिएको हो ।

उनका अनुसार प्रारम्भिक चरणमा जुस, जाम, जेली, अचार, क्यान्डी, तयारी चाउचाउ, अदुवा र ताजा फलफूल तथा तरकारी जस्ता ८ प्रकारका खाद्य वस्तुहरूमा प्रयोगशालाको प्रमाणपत्रलाई मान्यता दिने निर्णय लिएको छ ।

उनले २२ वटा खाद्य तथा दाना समूहहरू अन्तर्गत प्रयोगशालामा परीक्षण हुने सबै प्रकारका केमिकल तथा माइक्रोबायोलोजिकल परीक्षण प्यारामिटरहरूमा पनि प्रत्यायन प्रमाणपत्र प्राप्त गरिएको बताए ।

यो उपलब्धिले नेपाललाई खाद्य परीक्षणको अन्तरराष्ट्रिय विश्वसनीयता प्राप्त राष्ट्रको रूपमा स्थापित गर्ने दिशामा सहयोग पुर्‍याउने महर्जनको विश्वास छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise