काठमाडौं : नेपालको मेटलाइफ कम्पनीले ‘ग्रेट प्लेस टु वर्क’को मान्यता पाएको छ । विश्वभरका सर्भेमा भाग लिएका ३३ वटा मेटलाइफ कार्यालयसँगै ‘ग्रेट प्लेस टु वर्क’को मान्यता पाएको हो ।
गत महिना, मेटलाइफका विश्वभरका ३३ बजारका २४ हजारभन्दा बढी कर्मचारीहरूले ग्रेट प्लेस टु वर्क इनडेक्स सर्वेक्षणमा सहभागिता जनाएका थिए । जुन विश्वव्यापी रूपमा कर्मचारी अनुभव मापन गर्ने एक उच्च मापदण्डका रूपमा मानिन्छ ।
नेपालले ग्लोबल बेन्चमार्कभन्दा धेरै उच्च परिणाम हासिल गरेर, मेटलाइफको साझा उद्देश्य, समावेशीता प्रतिको प्रतिबद्धता र सकारात्मक कार्यसंस्कृतिको प्रतिबिम्ब देखाएको जनाइएको छ ।