२०८२ साउन १९ गते सोमवार / Aug 04 , 2025 , Monday
२०८२ साउन १९ गते सोमवार
Ads

दिपल एस०७ आईसीए नेपालमा सार्वजनिक

shivam cement
मध्यान्ह
२०८२ साउन १८ गते २१:३२
दिपल एस०७ आईसीए नेपालमा सार्वजनिक

काठमाडौं : ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले आफ्नो लोकप्रिय एसयूभी दिपल एस०७ को अपग्रेडेड भर्सन एस०७ आईसीसी नेपालमा सार्वजनिक गरेको छ ।

दिपल एस०७ आईसीएमा ६८ दशमलव ८ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ जसले ४ सय १० किलोमिटरको डब्लूएलटीपी रेन्ज दिने जनाइएको छ । ‘नयाँ दिपल एस०७ आईसीए एपग्रेड मात्र होइन, यो नेपालको हालसम्मकै सबैभन्दा बढी कनेक्टेड र सुन्दर ईभी हो,’ एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने ।

नयाँ दिपल एपमा ग्राहकलाई कारसँग अन्तरक्रिया गर्न मद्दत गर्छ । यसलाई एपमार्फत जुनसुकै ठाउँमा बसेर कारलाई कन्ट्रोल गर्न सकिन्छ । कारको झ्याल खोल्न र बन्द गर्न, एसी कन्ट्रोल गर्न, चार्जिङको अवस्था बुझ्न र कारको लोकेसन ट्रयाक गर्न सकिन्छ ।

दिपल एस०७ र्आइसीएको लन्चकै अवसरमा एमएडब्लू वृद्धिले बेजोड स्किम ‘जेरो ओनरसिप कस्ट फर फाइभ इयर’ सार्वजनिक गरेको छ । यो स्किममा ग्राहकले दिपल ईभीमा पाँच वर्षसम्म कुनै खर्च गर्न नपर्ने कम्पनीले जनाएको छ । साथै, दिपल एस०७ को ग्राहकले पाँच वर्षका लागि अटोप्लस इन्स्योरेन्स, पेरियोडिक मेन्टेनेन्स कस्ट, इलेक्ट्रिसिटी कस्ट र रोड ट्याक्स पाउने जनाइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise