२०८२ साउन २० गते मङ्गलवार / Aug 05 , 2025 , Tuesday
२०८२ साउन २० गते मङ्गलवार
Ads

मुक्तिनाथका ग्राहकलाई एमएन अस्पतालमा छुट

shivam cement
मध्यान्ह
२०८२ साउन १९ गते २०:५८
मुक्तिनाथका ग्राहकलाई एमएन अस्पतालमा छुट

काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले काठमाडौं वसुन्धरामा रहेको एमएन अस्पतालको सेवामा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले अस्पतालसँग विशेष छुट गर्नेगरी व्यावसायिक सम्झौता गरेको हो । 

सो सम्झौतापछि बैंकका ग्राहकले एमएन अस्पतालबाट प्रदान हुने विभिन्न सेवाहरूमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका हुन् । सो प्रकारको सहकार्यबाट ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा सरल, सुलभ र किफायती रूपमा प्राप्त हुने विश्वास बैंकले लिएको छ । 

बैंकले आगामी दिनमा पनि आफ्ना ग्राहकको हितमा यस्ता सेवामूलक साझेदार विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise