२०८२ साउन २० गते मङ्गलवार / Aug 05 , 2025 , Tuesday
२०८२ साउन २० गते मङ्गलवार
Ads

हिमालयन एभरेस्ट र डोकोले फोहोर व्यवस्थापनमा सहकार्य गर्ने

shivam cement
मध्यान्ह
२०८२ साउन १९ गते २०:५९
हिमालयन एभरेस्ट र डोकोले फोहोर व्यवस्थापनमा सहकार्य गर्ने

काठमाडौं : हिमालयन एभरेस्ट इन्स्योरेन्सले फोहोर व्यवस्थापनमा नवीन प्रयास थालेको छ । इन्स्योरेन्स र डोको रिसाइक्लर्सले सहकार्य गर्दै प्रमुख कार्यालयको फोहोर डोको रिसाइक्लर्समार्फत सुरु गरेको हो ।

डोको रिसाइक्लर्स एक वातावरणीय संस्थाका रूपमा फोहोर संकलन, वर्गीकरण र प्रशोधनको काम गर्छ । वातावरणमैत्री उद्यमका रूपमा आफूलाई स्थापित गर्ने लक्ष्यसहित सो कम्पनीले फोहोर व्यवस्थापनमा जोड दिएको छ । हिमालयन एभरेस्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले  फोहोरलाई जिम्मेवार रूपमा व्यवस्थापन गर्ने उद्देश्य राखेर इन्स्योरेन्सले डोकोसँग सहकार्य गरेको बताइन् । 

हिमालयन एभरेस्ट इनस्योरेन्सबाट उत्पन्न करिब ८५ प्रतिशत फोहोरको हिस्सा सुक्खा प्रकारको भएकाले यसलाई डोकोले नै पुनः प्रयोगका लागि योग्य सामग्री बनाउने काम गर्छ । कार्यालयमा सकेसम्म कागजलाई कम प्रयोग गर्ने र डिजिटइजेसन प्रणालीमा रूपान्तरण गर्दै जाने कम्पनीको योजना छ ।

ADV

सम्बन्धित खबर

Advertise