२०८२ साउन २० गते मङ्गलवार / Aug 05 , 2025 , Tuesday
२०८२ साउन २० गते मङ्गलवार
Ads

एनएमबी बैंकद्वारा मानवसेवा आश्रमलाई सोलार सहयोग

shivam cement
मध्यान्ह
२०८२ साउन १९ गते २१:००
एनएमबी बैंकद्वारा मानवसेवा आश्रमलाई सोलार सहयोग

पोखरा : एनएमबी बैंकले गण्डकी प्रदेशको मानवसेवा आश्रमलाई सोलारजन्य सामग्री सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १ हजार लिटरको सोलार तथा सामग्री आश्रमलाई प्रदान गरेको हो ।

बैंकका तर्फबाट संस्थापक सेयरधनी, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतलगायतले आश्रमलाई सोलार सामग्री हस्तान्तरण गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा रहेका थिए ।

मन्त्री थापाले परोपकार कार्यमा सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले गरेको सो कार्य अत्यन्त राम्रो रहेको बताए । मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले संस्थालाई सम्झेर गरेको सहयोगप्रति बैंक परिवारलाई धन्यवाद दिएका थिए ।

ADV

सम्बन्धित खबर

Advertise