वीरगन्ज : कजारिया रामेश टायल कम्पनीले वीरगन्ज, पर्सामा अत्याधुनिक सोरुम विस्तार गरेको छ । जय श्रीराम ट्रेड एन्ड कन्सर्नले सो क्षेत्रका ग्र्राहकको मागलाई मध्यनजर राख्दै सोरुम विस्तार गरेको हो ।
उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा खानेपानीमन्त्री प्रदीप यादवसहित कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालको उपस्थिति रहेको थियो । वीरगन्जको प्रमुख क्षेत्र ब्रम्ह चोकमा अवस्थित सो सोरुममा प्रिमियम टायलहरूको विस्तृत संग्रह उपलब्ध हुने जनाइएको छ ।
विश्वस्तरीय मापदण्डअनुसार अत्याधुनिक प्रविधिद्वारा काजारियाले ३ हजार बढी डिजाइनका टायल उत्पादन गर्दै आएको जनाएको छ ।