काठमाडौंः चरासँग ठोक्किएर क्षति पुगेपछि आइबेरियाको उडान म्याड्रिड फर्किएको छ ।
म्याड्रिडको एडोल्फो–सुआरेज–बाराजास विमानस्थलबाट पेरिस ओर्ली विमानस्थलका लागि उडेको आइबेरियाको उडान उडेको केही समयपछि नै चराले ठक्कर दिएको थियो ।
त्यसपछि विमानस्थल फर्किएको हो । ठोक्किएपछि विमान सुरक्षित अवतरण गर्न सफल भयो । विमानको अगाडिको भागमा क्षति पुगेको छ भने विमानको एउटा इन्जिनमा पनि क्षति पुगेको छ ।