२०८२ साउन २१ गते बुधवार / Aug 06 , 2025 , Wednesday
२०८२ साउन २१ गते बुधवार
Ads

एनआइसी एसियाका ग्राहकलाई फ्रन्टलाइनमा छुट

shivam cement
मध्यान्ह
२०८२ साउन २० गते २०:५४
एनआइसी एसियाका ग्राहकलाई फ्रन्टलाइनमा छुट

काठमाडौं : एनआइसी एसिया बैंकका ग्राहकलाई नोबल कलेज अफ हेल्थ एन्ड एजुकेसन फाउन्डेसन प्रालि फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवामा विशेष छुट उपलब्ध हुने भएको छ । 
बैंक र हस्पिटलबीच भएको समझदारीसँगै यस बैंकका ग्राहकहरूले पुरानो बानेश्वर, काठमाडौंमा रहेको फ्रन्टलाइन हस्पिटलमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । सम्झौतामा बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख विमल लम्साल र फ्रन्टलाइन हस्पिटलका तर्फबाट क्लिनिकल प्रेसिडेन्ट डा. योगेश न्यौपानेले हस्ताक्षर गरेका छन् ।

हस्पिटलमा सुविधाको उपभोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने जनाइएको छ । फ्रन्टलाइन हस्पिटलसँगको सहकार्यले बैंकका ग्राहकलाई स्वास्थ्य उपचारमा सहयोग पुग्नुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise