काठमाडौं : नेपालमा चेतकको पहिलो सोरुम ‘स्टेट अफ द आर्ट एक्सपेरियन्स जोन’को उद्घाटन भएको छ । बजाज अटो लिमिटेडले नेपालमा बजाज टु ह्वीलर सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलास चन्द एन्ड कम्पनी प्रालिसँगको सहकार्यमा काठमाडौंको नक्सालमा सोरुम उद्घाटन गरेको हो ।
मंगलबार गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा तथा कम्पनीका वरिष्ठ अधिकारीहरू र बजाज अटोका प्रतिनिधिहरूले संयुक्त रूपमा सोरुम उद्घाटन गरेका थिए । १ हजार ८ सय वर्गफिटमा फैलिएको यो स्टेट अफ द आर्ट एक्सपेरियन्स जोन एकै छानामुनि समग्र इभी अनुभव प्रदान गर्नेगरी तयार गरिएको कम्पनीको भनाइ छ ।
सो एक्सपेरियन्स जोनले चेतक ब्रान्डको नवप्रवर्तन मात्र होइन, सोही स्थानमा सुलभ रूपमा उपलब्ध सर्भिस सेन्टरमार्फत बिक्रीपछि पनि उत्कृष्ट सेवा सुनिश्चित भएको कम्पनीले जनाएको छ ।